को बन्ला एमाले रुकुम पश्चिमको अध्यक्ष ?

को बन्ला एमाले रुकुम पश्चिमको अध्यक्ष ?

मुसिकोट । नेकपा एमाले रुकुम पश्चिमको आठौँ जिल्ला अधिबेशन यहि पुस २३ गते मुसिकोटमा हुदैछ ।
उजेली न्यूजलाई प्राप्त जानकारी अनुसार जिल्ला अध्यक्षका लागि २ जनाबीच तीव्र प्रतिस्पर्धा छ । अध्यक्षमा हालका जिल्ला संयोजक टंक ओली र कर्णाली प्रदेश कमिटी सदस्य नारायणकुमार शाहले दाबी गर्नुभएको छ ।

दुवै जनाले अध्यक्षमा दाबी गरेतापनि सहमतिका लागि दौडधुप सुरु भएको छ । ओली चौरजहारी नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष समेत हुनुहुन्छ भने शाह पत्रकारिताको क्षेत्रबाट राजनीतिमा उदाएका युवा नेता हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ रुकुमको सस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

एमालेको संगठन विस्तार गर्न, बलियो बनाउन र जिल्लाकै एक नम्बरको पार्टी बनाउन आफूले अध्यक्षमा उमेदवारी दिने हालका जिल्ला संयोजक ओलीले बताउनुभयो ।

अर्का दावेदार शाहले पनि आफू एमालेलाई बलियो बनाउन र जिल्लामा भए गरेका विविध गलत कामको भण्डाफोर गर्नका लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।
नेकपा एमाले रुकुम पश्चिमको जिल्ला अधिवेशन उद्घाटनको लागि पार्टीका पोलिटब्युरो सदस्य खेममान खड्का आउने पक्का भएको एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार