मुसीकोट । नेकपा एमाले रुकुम पश्चिमको अधिवेशनबाट जिल्ला अध्यक्षमा नन्दराम देवकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ । एमाले रुकुम पश्चिमको आठौँ जिल्ला अधिवेशनबाट देवकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
शुक्रबारबाट जारी आठौँ जिल्ला अधिवेशनले बिभिन्न चरणको छलफल पश्चात आज देवकोटाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी पदाधिकारी चयन गरेको हो ।
एमाले निकट अनेरास्ववियु जिल्ला अध्यक्ष प्रकाश खड्काका अनुसार उपाध्यक्षमा मनवीर घर्ती र सचिवमा शशिराम नेपाली चयन हुनुभएको छ । त्यसैगरी उपसचिवमा रचना मल्ल ओली र गणेश सुनार चयन हुनुभएको छ ।
यस्तै नव निर्वाचित पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यको सपथ ग्रहण सोमबार (भोलि) बिहान ९ बजे एमाले पार्टी कार्यालयमा हुने जानकारी दिइएको छ । अधिवेशनले जिल्ला कमिटीका अरु सदस्य पनि छनौट गरेको छैन ।