मुसीकोट । रुकुम पश्चिमको सबै भन्दा पुरानो डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । सोमबार खलङ्गामा भएको सहकारी संस्थाको छैटौँ अधिवेशनबाट अध्यक्षमा पुनः बेदराज शर्मा पोखरेल सर्वसम्मत चयन हुनुभएको छ ।
संस्थाका प्रबन्धक यज्ञबहादुर बिष्टका अनुसार उपाध्यक्षमा मनिषा रोकाय भण्डारी‚ सचिवमा ज्ञानु गौतम र कोषाध्यक्षमा मोहवीर खड्का सर्वसम्मत चयन हुनुभएको हो । सदस्यहरूमा यज्ञबहादुर केसी‚ गोकर्ण खड्का र नवराज पाण्डे चयन हुनुभएको प्रबन्धक बिष्टले जानकारी दिनुभयो ।
त्यस्तै संस्थाको लेखा समितिको संयोजकमा प्रेम खड्का सदस्यमा लक्ष्मण शर्मा र लालबहादुर केसी चयन हुनुभएको छ । संस्थाले उत्कृष्ट कर्मचारीलाई सम्मानका साथै बढुवा र उत्कृष्ट बचतकर्ता‚ व्यवसाय गर्ने व्यवसायीहरूलाई सम्मान गरेको छ ।
त्यस्तै साधारण सभामा आर्थिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत गरिएको थियो ।