विवादित मिडिया अवार्डबारे छानबिन गर्न समिति गठन

विवादित मिडिया अवार्डबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । विवादित मिडिया अवार्ड प्रकरणलगायतका विषयमा छानबिन गर्न नेपाल पत्रकार महासंघले समिति गठन गरेको छ । कपिलवस्तुमा बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा पूर्वअध्यक्षहरु धर्मेन्द्र झा र शिव गाँउले रहेको समिति गठन गर्ने निर्णय गरेको हो।

केन्द्रीय सदस्य रामकृष्ण अधिकारीका अनुसार कार्यसमितिले विताइसकेको नौमहिने अवधिमा भए गरेका काम कारबाहीबारे पनि छानबिन समितिले प्रतिवेदन बुझाउनेछ।

त्यस्तै बैठकले महासंघका केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिका पदाधिकारी वा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने भन्ने विधानको व्यवस्था कार्यान्वयनका लागि प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार