दक्षिण एसियामा ४८१ कोरोना संक्रमितको मृत्यु, भारत सबभन्दा बढी प्रभावित

दक्षिण एसियामा ४८१ कोरोना संक्रमितको मृत्यु, भारत सबभन्दा बढी प्रभावित

एजेन्सी

नोभेल कोरोना संक्रमण अन्य क्षेत्रभन्दा दक्षिण एसियामा प्रभाव अलि कम प्रभाव परेको छ । यस क्षेत्रमा सबभन्दा बढी प्रभावित भारत बनेको छ । भारतमा हालसम्म दक्षिण एसियामा सबभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् ।

भारतमा ९ हजार २०५ कोरोना संक्रमित देखिएका छन् भने ३३१ जनाको मृत्यु भएको वर्ल्ड लिंकको तथ्यांकले देखाएको छ । त्यसैगरी भारतपछि बढी प्रभावित मुलुक पाकिस्तान बनेको छ । पाकिस्तानमा हालसम्म ५ हजार २३० कोरोना संक्रमित देखिएका छन् भने ९१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी बंगलादेशमा ६२१ जना कोरोना संक्रमित छन् भने ३४ जनाको मृत्यु भएको छ । यसअघि संयुक्त राष्ट्र संघले बंगलादेशमा २० लाखभन्दा बढीको मृत्यु हुने अनुमान गरेको थियो । तर, बंगलादेशले भने उक्त तथ्यांक अनुमानका आधारमा आएको र बंगलादेशले पूर्ण सावधानी अपनाएको बताएको थियो ।

श्रीलंकामा २१० जनाको कोरोना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

दक्षिण एसियाका माल्दिभ्स, नेपाल र भुटान कम प्रभावित देखिन्छन् । माल्दिभसमा २० जनामा संक्रमण देखिएको छ भने नेपालमा १२ र भुटानमा ५ जना संक्रमित देखिएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार