मुसिकोटमा व्यवसायिक कृषिका लागि कृषि सामाग्री वितरण

मुसिकोटमा व्यवसायिक कृषिका लागि कृषि सामाग्री वितरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ र १४ का कृषकलाई निशुल्क रुपमा कृषि सामाग्री वितरण गरिएको छ । नेपाल खीष्टिय राहत सेवा रुकुम पश्चिमको आर्थिक सहयोगमा व्यवसायिक कृषिका लागि दुईओटा वडाका ५० जना कृषकहरुलाई उक्त सामाग्री वितरण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका प्रमुख देविलाल गौतमले कृषकहरुलाई प्लास्टिक टनेल, झोल मल बनाउनका लागि ड्रम र बीउ हस्तान्तरण गर्नुभएको नेपाल खीष्टिय राहत सेवामा कार्यरत स्थानीय परिचालक सूर्य प्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा धेरै मात्रामा ताजा तरकारी उत्पादन हुने भएकाले कृषकलाई थप सहयोग पुग्ने उद्देश्यले कृषि सामाग्री वितरण गरिएको हो ।

यस्तै नेपाल खीष्टिय राहत सेवाले मुसिकोट वडा नम्बर ५ र १४ मा कृषकहरुलाई व्यवसायीक तरकारी खेती उत्पादन सम्बन्धि तालिम दिएको छ । तीन दिन सम्म सञ्चालन गरिएको तालिममा तरकारी विउ उत्पादन, प्लास्टिक घरमा तरकारी खेती संचालन गर्ने तरिका, कम्पोष्ट मल बनाउने तरीका, तरकारी बजारीकरण गर्ने तरीका, मौसमी तथा बेमैसमी खेति पद्धति रोग किरा पहिचान तथा व्यवस्थापन लगाएत किसानलाई चाहिने ज्ञान सिपको बारेमा प्रशिक्षण दिइएको थियो ।

तालिमको सहजीकरण मुसिकोट नगरपालिका कृषि शाखा प्रमुख प्रेम बहादुर खत्रीले गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार