मुसीकोट । कलेजो र मृगौलामा समस्या देखिएपछि ललितपुरको अल्का अस्पतालमा उपचाररत रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ सिस्नेखोलाका सुधीर कुमार खड्काको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले सहयोगको अपिल गरेको छ।
खड्काको अल्का अस्पतालमा आईसियूमा उपचार भइरहेको छ । खड्का सर्वोच्च अदालतमा नायब सुब्बा पदमा कार्यरत हुनुहुन्छ ।
खड्काका शुभचिन्तक तेजविक्रम शाहका अनुसार उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि सामाजिक सञ्जाल मार्फत सहयोगको आह्वान गरिएको हो ।
अहिले शुभचिन्तकहरु बाट सहयोग रकम जुट्न सुरु भएको छ । खड्काको उपचारमा सहयोग गर्न चाहने मनकारीहरूले एन.एम.बी. बैंक काठमाडौं शाखा रहेको खातामा सिधै जम्मा गर्न सकिनेछ ।
खातावालाको नामः सुधीर कुमार खडका
एन.एम.बी. बैंक काठमाडौं शाखा
खाता नम्बर : ००१००४८६५४९०००११
सम्पर्क– ९८४७८५२१६४, ९८५१२१८१८७, ९८४७७७७४८४ र ९८६६६०८६८९