सुधीरको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

सुधीरको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

मुसीकोट । कलेजो र मृगौलामा समस्या देखिएपछि ललितपुरको अल्का अस्पतालमा उपचाररत रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ सिस्नेखोलाका सुधीर कुमार खड्काको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले सहयोगको अपिल गरेको छ।

खड्काको अल्का अस्पतालमा आईसियूमा उपचार भइरहेको छ ।  खड्का सर्वोच्च अदालतमा नायब सुब्बा पदमा कार्यरत हुनुहुन्छ ।

खड्काका शुभचिन्तक तेजविक्रम शाहका अनुसार उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि सामाजिक सञ्जाल मार्फत सहयोगको आह्वान गरिएको हो ।

अहिले शुभचिन्तकहरु बाट सहयोग रकम जुट्न सुरु भएको छ । खड्काको उपचारमा सहयोग गर्न चाहने मनकारीहरूले एन.एम.बी. बैंक काठमाडौं शाखा रहेको खातामा सिधै जम्मा गर्न सकिनेछ ।

खातावालाको नामः सुधीर कुमार खडका

एन.एम.बी. बैंक काठमाडौं शाखा

खाता नम्बर : ००१००४८६५४९०००११

सम्पर्क– ९८४७८५२१६४, ९८५१२१८१८७, ९८४७७७७४८४ र ९८६६६०८६८९

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार