भोलिदेखि वीरगञ्जमै कोरोना परीक्षण हुन्छ : मुख्यमन्त्री राउत

भोलिदेखि वीरगञ्जमै कोरोना परीक्षण हुन्छ : मुख्यमन्त्री राउत

वैशाख १ जनकपुर
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन मंगलबार वीरगञ्जमा र यसै साता राजविराजमामा जडान गर्ने बताउनु भएको छ ।

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुर, प्रमुख व्यापारिक नगरी वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने निर्णय गरेको थियो ।
मंगलबार वीरगञ्जमा र यही साताभित्र राजविराजमा ल्याब स्थापना गर्ने मुख्यमन्त्री राउतले जानकारी दिनुभएको छ । जनकपुरमा ल्याब सञ्चालनमा आइसकेको छ’ मुख्यमन्त्री राउतले नयाँ वर्षको अवसरमा दिएको शुभकामना सन्देशमा भनेका भन्नु भएको छ । वीरगञ्जमा समेत भोलिदेखी ल्याब सञ्चालनमा आईसक्ने जानकारी गराउँदछु ।

कोरोनाको उपचारको लागि एक दुई दिनभित्र महोत्तरीको जलेश्वर र बाराको कलैया अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने उहाँले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार