जेसिबीले मोटरसाईकललाई ठक्कर दिँदा वडा अध्यक्ष सहित दुई जना घाईते

जेसिबीले मोटरसाईकललाई ठक्कर दिँदा वडा अध्यक्ष सहित दुई जना घाईते

मुसिकोट । जाजरकोटको नलगाड नगरपालिकामा जेसिबीले मोटरसाईकललाई ठक्कर दिँदा वडा अध्यक्ष सहित दुई जना घाईते भएका छन् । मंगलबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष डिल बहादुर सार्की र सोही वडाका जसन्तु खत्री घाईते भएका हुन ।

आठबिसकोट नगरपालिकाबाट काम सकेर फर्कने क्रममा जाजरकोटको नलगाड नगरपालिका १० को रग्दामा जेसिबीले उहाँहरु सवार मोटरसाईकललाई ठक्कर दिएको नेकपा माओवादी केन्द्र आठबिसकोटका नगर कमिटि अध्यक्ष रबि केसीले जानकारी दिनुभयो ।

घाईते मध्य वडा अध्यक्ष सार्कीको अवस्था गम्भिर भएपछि उपचारको लागि नेपालगंज पठाईएको र खत्रीको अवस्था सामान्य रहेको नगर अध्यक्ष केसीले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार