मन्त्रीपरिषदको बैठक बस्दै, लकडाउन थप्ने सरकारको तयारी

मन्त्रीपरिषदको बैठक बस्दै, लकडाउन थप्ने सरकारको तयारी

बैशाख २ काठमाडौँ

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु लकडाउन थप्ने तयारीमा सरकार रहेको छ । अब कम्तिमा एक हप्ता लकडाउन थप्ने तयारी रहेको र त्यस सम्बन्धी निर्णय मंगलबार बस्ने मन्त्रीपरिषद बैठकले गर्ने जनाइएको छ ।

मन्त्रीपरिषदको बैठक मंगलबार बिहान ११ बजेपछि बस्ने छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि चैत ११ गतेदेखि देशभर लकडाउन छ ।

तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ । त्यसले सरकारले मंगलबार नै कम्तिमा थप एक हप्ता लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय गर्न लागेको हो ।

काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लामा पनि कोरोना भाइरसका संक्रमित तथा सम्भावित संक्रमित भेटिएको र विश्व स्वास्थ्य संगठनले पनि संक्रमण फैलिन नदिनका लागि लकडाउनसहितका उपायहरुलाई व्यवस्थित गर्न सुझाव दिएको अवस्थामा नेपाल सरकारले लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय लिन लागेको हो ।

नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एकजनामा संक्रमण निको भइसकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार