विव्यसको अवैधानिक निर्णय खारेजीको माग

शिक्षक सरुवा सहमतीको बिषय विवादमा

विव्यसको अवैधानिक निर्णय खारेजीको माग

शिक्षक सरुवा सहमतीको बिषय विवादमा

मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता माध्यमिक बिद्यालयमा शिक्षक सरुवा सहमतिको बिषयमा विवादमा भएकाे छ ।

बिद्यालयमा रिक्त हुन लागेको अंग्रेजी बिषयको शिक्षकको सहमतिको बिषयमा बिद्यालय व्यबस्थापन समितिका सदस्यहरुले आफुलाई झुक्काएर बैठकमा निर्णय गरेको बताएका छन् ।

आज व्यवस्थापन समितिका चार जना सदस्यहरुले एक प्रेस बिज्ञप्ती जारी गरेर बैठकमा निर्णय नभएको बिषयमा प्रधानाध्यापक र अध्यक्षले निर्णय भएको भनि कुप्रचार गरेको जनाएका छन् । सदस्यहरु टेकबहादुर बिसी, नन्दबहादु बिष्ट, सुनिल शाह र कृष्णा श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तीमा प्रधानाध्याक र अध्यक्षले अन्य सदस्यहरुलाई प्रलोभन देखाई बहुमतका नाममा बन्द कोठामा अवैधानिक ढंगबाट निर्णय लेखेको जनाईएको छ ।

उनीहरुले गत शनिबारको बैठकमा शिक्षक सरुवा सहमतिको बिषयमा सहमति हुन नसकेपछि पुनः अर्को बैठक बस्ने गरी बैठक सकिएको तर, अन्य सदस्यहरुलाई प्रधानाध्यापकले एकएक गरेर हस्ताक्षर गराई बहुमत भएको भनि प्रचार गरेकोप्रति आपत्ति जनाएका हुन ।

यसैगरी बैठकमा उपस्थित नभएका सदस्यलाई समेत मत जाहेर गरेको भनी प्रधानाध्यपकले गलत निर्णय सार्वजनिक गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

आजै नेपाल शिक्षक संघ रुकुम पश्चिमले पनि एक बिज्ञप्ती जारी गरेर बिद्यालय व्यबस्थापन समितिको उक्त निर्णय प्रति आपत्ति जनाएको छ । संघका सह सचिव यज्ञबहादुर ओली र उपाध्यक्ष शंकर कुमार रावलले बिज्ञप्ती निकालेर अवैधानिक निर्णयको निन्दा गरेका हुन् ।

विद्यालयमा मावि तहमा कार्यरत अंग्रेजि शिक्षक हेमा बुढा रुकुम पूर्वको रुक्मिणि मावि रुकुमकोटमा सरुवा भएर जान लागेपछि उहाँको ठाउँमा आउनका लागि शिद्धचौर मावि लुकुममा कार्यरत रुपेन्द्र रावत, त्रिपुरा मावि छिङमा कार्यरत शंकर रावल र राप्ती ज्ञानोदय मावि सिम्लीमा कार्यरत चन्द्रबहादुर खड्काले आवेदन दिनुभएको थियो ।

सदस्यहरुद्धारा जारी बिज्ञप्ती
नेपाल शिक्षक संघद्धारा जारी बिज्ञप्ती

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार