जीप दुर्घटना हुँदा एक को मृत्यु ८ जना घाइते

जीप दुर्घटना हुँदा एक को मृत्यु ८ जना घाइते

मंगलबार साँझ दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । दैलेख बजारबाट महावु गाउँपालिका तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२६ च ५२६६ नम्वरको बोलेरो जीप महावु गाउँपालिका–४ स्थित फागुमा भन्ने स्थानमा सडकदेखी एक सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा महावु गाउँपालिका–४ का ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको दैलेख प्रहरी प्रमुख भुवनेश्वर साहले जानकारी दिए।

चालकसहित घाइते ८ जनालाई महावु अस्पताल र जिल्ला अस्पतालमा उपचारका लागि ल्याईएको छ। जीप अनियन्त्रित भएर सडकदेखी एक सय मिटर तल खसेको प्रहरीको भनाई छ। मृतक हमाल स्थानीय शिव आधारभुत विद्यालयका प्रधानाध्यापक हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार