स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने भएको छ। मन्त्रालयमा आज बुधबार मन्त्री विरोध खतिवडाको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो।
बैठकले दिवसका अवसरमा मन्त्रालयमा विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरेको छ।
मन्त्रालयले हरेक वर्ष फागुन १५ गते दिवस मनाउँदै आएको छ।


 
					
							 
			 
                             
                             
                             
                             
                            