रुकुममा टिप्पर पल्टिँदा ४ जना घाइते

रुकुम (पूर्व)

रुकुममा टिप्पर पल्टिँदा ४ जना घाइते

रुकुम (पूर्व)

रुकुमकोट । रुकुम (पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ४ मा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा परि ४ जना घाइते भएका छन् ।

जिल्लाको भूमे ४ को झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिप्पर पल्टिदा काम गर्दै गरेका ३ जना मजदुर र एक जना सव इन्जिनीयर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इन्जिनीयर दोलखा घर भएका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे, उदयपुर र्चाैबन्दिगढी नगरपालिका वडा नम्बर ५ का २३ बर्षका रामआशिष चौधरी, पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का अन्दाजी २५ बर्षका गोबिन्द बुढा र भूमे गाउँपालिका वडा नम्बर ५ उपल्लो साकिमका २५ बर्षका दामु बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) प्रहरी निरीक्षक दिपेन्द्र बाँनीयाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घाईते मध्ये घिमिरेको अवस्था नाजुक रहेको छ । घाईते सबैको अहिले रुकुम (पूर्व) अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बाँनीयाले बताउनुभयो ।

टिप्पर चालक सन्तोष माझीलाई नियन्त्रणमा ल्याइ थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार