रुकुममा कोरोना संक्रमण घट्यो

रुकुममा कोरोना संक्रमण घट्यो

मुसीकोट । रुकुम पश्चिममा कोरोना संक्रमणको दर घटेको छ। जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट संक्रमित हुनेको संख्या घटेको पाइएको हो।

परीक्षण भएकामध्ये पनि संक्रमितको संख्या कम देखिएको छ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी काली बहादुर ओलीका अनुसार जिल्लामा फागुन ११ गते ८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्ला भरि सक्रिय संक्रमितको संख्या २७ पुगेको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार अधिकाश संक्रमितहरु होम आइसोलेसनमा रहेका छन।  अहिले परिक्षण गराउनेहरुको संख्या पनि घटेको छ ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार