रुकुम (पूर्व) मा ७ दिने आधारभूत पत्रकारिता तालिम

रुकुम (पूर्व) मा ७ दिने आधारभूत पत्रकारिता तालिम

रुकुमकोट । रुकुम (पूर्व) मा ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । जिल्लामा पहिलो पटक ७ दिने आधारभूत पत्रकारिता, उद्घोषण तथा प्राविधिक तालिमको सुरुवात गरिएको हो ।

रेडियो पूर्वी रुकुमको आयोजनामा सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग तथा प्रेस सेन्टर नेपाल रुकुम (पूर्व) को समन्वयमा तालिम सञ्चालन गरिएको स्टेसन म्यानेजर गणेश वलीले जानकारी दिनुभयो ।

तालिममा ४२ जना सहभागी रहेका छन् । तालिम फागुन २१ गतेसम्म सञ्चालन गरिने भएको छ । तालिममा सहभागीहरूलाई ७ दिनको अवधिमा समाचार लेखन, कार्यक्रम सञ्चालन तथा उत्पादन र प्राविधिकतर्फको विभिन्न कुराहरू सिकाइने छ ।

तालिमको पहिलो दिन शनिबार नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले सहजिकरण गर्नुभएको थियो । उहाँले नेपाल पत्रकार महासंघको काम कर्तव्य र अधिकार‚ पत्रकार र सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिता, २०७३ को बारेमा सहजिकरण गर्नुभएको बताइएको छ ।

तालिमको पूर्व आपूर्ति मन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गणेशमान पुनले पानसमा बत्ति बालेर तथा ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।

रेडियोका स्टेसन म्यानेजर गणेश ओलीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा सिस्ने गाउँपालिकाका प्रवक्ता एवम् २ नम्बर वडाध्यक्ष जिवन केसी, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, रेडियो सञ्चालक समितिका अध्यक्ष लालबहादुर बिसी, नेकपा माओवादी केन्द्रका प्रदेश समस्या एवम् सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मी, रेडियो सञ्चालक समिति सदस्य नमिता बूढा, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य रेवन खड्का, सिस्ने गाउँपालिका उद्यम विकास सहजकर्ता मदन बिसीको आतिथ्यता रहेको थियो ।

रेडियो (पूर्वी) रुकुमका लेखा तथा प्रशासन प्रमुख मिना केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्राविधिक बसन्त बाँठामगरले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार