आज अन्तर्राष्ट्रिय महिला दिवस, रुकुममा विभिन्न कार्यक्रम गरी मनाइदै

आज अन्तर्राष्ट्रिय महिला दिवस, रुकुममा विभिन्न कार्यक्रम गरी मनाइदै

दिवसकाे उपलक्ष्यमा मुसीकोट नगरपालिकाले आयोजना गरेको महिला भलिबल प्रतियोगिता ।

मुसीकोट । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् ।

यस्तै रुकुम पश्चिममा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाइँदैछ । जिल्लाका ६ वटै स्थानीय निकायहरुले बिगतका बर्ष झै यो बर्ष पनि महिला हिंसा विरुद्धका विभिन्न सचेतनामुलक कार्यक्रम, नगर तथा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेका छन ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार