ड्युटीमा रहेका प्रहरी हवल्दारको मोटरसाइकलको ठक्करबाट मृत्यु

ड्युटीमा रहेका प्रहरी हवल्दारको मोटरसाइकलको ठक्करबाट मृत्यु

मोटरसाइकलको ठक्करले बाँकेमा एक प्रहरी हवल्दारको मृत्यु भएको छ। नेपालगञ्जमा भएको दुर्घटनामा प्रहरी जवान घाइते छन्।

राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार २९ वर्षीय भूपेन्द्रबहादुर शाहीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते हवल्दार शाहीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ड्युटीमै रहेका प्रहरी जवान ३५ वर्षीय नरेश चौधरी पनि मोटरसाइकलको ठक्करले घाइते छन्। उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ।

उनीहरू इलाका प्रहरी कार्यालय मातहत राँझा विटमा कार्यरत थिए।

मंगलबार बेलुकी सवा ८ बजेतिर नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ड्युटीमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालक बर्दिया राजापुरका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार