निजामती कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित

निजामती कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित

नेपाल निजामती कर्मचारीको युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल दोहोरिएका छन् । सोमबार राति सकिएको निर्वाचन परिणाम अनुसार अध्यक्षमा पोखरेल पुनः निर्वाचित भएका हुन् । उनले सुरेन्द्रकुमार अधिकारी र सुशील केसीलाई पराजित गरे ।

वरिष्ठ उपाध्यक्षमा उनकै प्यानलका उत्तम कटुवाल निर्वाचित भएका छन् । महासचिवमा जनकबहादुर रावल निर्वाचित भएका छन् । उनले सुरेन्द्रकुमार अधिकारी प्यानलबाट उम्मेदवारी दिएका थिए ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, खुला उपाध्यक्ष तथा उपमहासचिवमा गोपाल पोखरेल प्यानल विजयी भएको छ भने महासचिवलगायत केही पदाधिकारीमा अधिकारी प्यानल विजय भएको छ ।

खुला उपाध्यक्षमा यज्ञ वली विजयी भएका छन् । उनले गोपाल पोखरेल प्यानलबाट चुनाव लडेका थिए । प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट मानबहादुर बन, मधेस प्रदेशबाट राजकिशोर राउत, बागमतीबाट श्रीराम लम्साल, गण्डकीबाट दिपक रेग्मी, लुम्बिनीबाट मदन गौतम, कर्णालीबाट चन्द्रबहादुर खड्का, तथा सुदूरपश्चिमबाट धर्मबहादुर देउवा विजयी भएका छन् ।

यसैगरी संघीय उपाध्यक्षमा तेजबहादुर केसी, जनजाती उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोक रौनियार, पिछडिएको क्षेत्रबाट कृष्ण सेजुवाल तथा श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला विजयी भएका छन् ।

यसैगरी खुला सचिवमा कुलप्रसाद भट्टराई, जगत पाठक, प्रकाश भट्टराई, झविन्द्र पोखरेल र युवा सचिवमा भुपेन्द्र अधिकार विजयी भएका छन् । कोषाध्यक्षमा प्रयास घिमिरे विजयी भएका छन् । केन्द्रीय सदस्यहरुको परिणाम भने दिउँसो आउने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार