रुकुममा कोरोना भाईरसको आशंका गरिएका व्यक्ति चैत १० गते गाउँ फर्किएका थिए

रुकुममा कोरोना भाईरसको आशंका गरिएका व्यक्ति चैत १० गते गाउँ फर्किएका थिए

बैशाख ३ रुकुम पश्चिम
रुकुम पश्चिममा कोरोना भाईरस संक्रमणको आशंका गरिएका दुवैजना बाँफिकोट गाउँपालिकाका रहेका छन । उनीहरु चैत १० गते भारतबाट गाउँ फर्किएको खुलेको छ।

दुवैजना बाँफीकोट गाउँपालिका वडा नम्बर ६ र ७ का स्थायी बासिन्दा हुन्। जिल्लाबाट ३९ वटा कोरोना संक्रमणको परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट शंकास्पद देखिएको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको पिसीआर मेसीनले चाप धान्न नसकेपछि सुर्खेतमा संकलन गरिएको स्वाब धनगढी परीक्षणका लागी पठाइएको थियो ।

 

शंकास्पद रिपोर्ट देखिएका दुवैजना लाई आज साझ मुसिकोट नगरपालिकाको एम्बुलेन्सलेमा लिएर चौरजहारी सामुदायिक अस्पतालको आईशोलेशनमा राखिएको छ ।

उनीहरुको चैत ३० स्वाब संकलन गरिएको थियो । अहिले उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेका छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार