क्षतिपूर्तिको माग गर्दै रुकुम पश्चिममा यातायात बन्द

क्षतिपूर्तिको माग गर्दै रुकुम पश्चिममा यातायात बन्द

मुसीकोट । क्षतिपूर्तिको माग गर्दै रुकुम पश्चिममा यातायात बन्द गरिएको छ । आज विहानै सदरमुकामबाट बाहिर जाने र भित्रिने कुनै पनि सवारी साधनहरु चलेका छैनन् । आफूहरुका माग सम्बोधन गर्न वेवास्ता गरिएको भन्दै बस दुर्घटनाका मृतकका आफन्त तथा घाइतेहरुले यातायात बन्द गराएका हुन् ।

गएको मंसिर २० गते मुसीकोट नगरपालिका वडा नम्बर २, मा भएको बस दुर्घटनामा परी मृत्यु भएका आफन्तले क्षतीपूर्ति पाउनुपर्ने तथा घाइतेहरुको उपचार खर्च सम्बन्धित निकायले व्यहोर्नुपर्ने माग गरेका छन । उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए ।

प्रहरीले दुर्घटनापछि कुनै पनि प्रक्रिया नथालेको भन्दै पिडितहरु आक्रोशित भएका छन् । फागुन २० गते रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घटनाको विषयमा ध्यानाकर्षण गराएपनि सम्बन्धित निकायबाट माग सम्बोधन नभएपछि पिडितहरु आन्दोनमा उत्रेका हुन ।

दुर्घटनाका घाइते शुशिल थापाले आफूहरुका माग सम्बोधन नभएसम्मका लागि आन्दोलन जारी रहने बताउनुभयो । दुर्घटना भएको लामो समयसम्म पनि सम्बन्धित निकायले ध्यान नदिएपछि आन्दोलनमा आउन बाध्य भएको थापाको भनाई छ ।

यस्तै प्रहरीले सिस्ने हिमाल यातायात प्राली र चालकलाई सम्पर्कमा नल्याएको, कानूनी कारबाहीको प्रक्रिया अगाडी नबढाएको पिडितहरुको आरोप छ ।

मंगलबार पिडितको तर्फबाट स्थानीय टेकबहादुर बस्नेत, भानु केसी, चोपबहादुर केसी, कालिबहादुर महतारा, शुशिल थापा, मोहन केसी र विरवल केसीले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै यातायात बन्दको घोषणा गरेका थिए । विज्ञप्ती मार्फत उनीहरुले यातायातका साधन नचलाएर सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार