आज बाट सरकारले लकडाउनलाई थप कडाइ गर्दै

आज बाट सरकारले लकडाउनलाई थप कडाइ गर्दै

बैशाख ४ काठमाण्डौ
सरकारले अआजबाट लकडाउनलाई कडाइ गर्दै कोरोना भाइरस कोभिड–१९ को परीक्षण, पहिचान र उपचारलाई तीव्रता दिने भएको छ ।
कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई कडाइ गर्ने भएको हो ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीले सङ्क्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘सङ्क्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय भएको बताउनुभयो ।

यस्तै सङ्क्रमितको संख्या बढेकोले बढीभन्दा बढी संख्यामा परीक्षण गरी सङ्क्रमितलाई पहिचान गर्ने र उपचारमा जाने निर्णय भएको समेत उहाँले बताउनुभयो । जोखिमको सम्भावना बढी देखिएको स्थानमा परीक्षणलाई बढाउने निर्णय भएको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार