नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज प्रेम बहादुर शाही नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस बारेकोट गाँउ कार्य समिति द्धारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शाहीले काँग्रेस प्रवेश गरेका हुन । उनी सँगै एमालेबाट बारेकोट गाँउपालिका वडा नम्बर ५ बाट उम्मेदवार रहेका खडक बहादुर सिह, बारेकोट २ निवासी पठबहादुर नेपाली र वडा नम्बर ७ निवासी परवहादुर बस्नेत लगायतका दुई दर्जन कार्यकर्ता काँग्रेसमा समाहित भएका हुन् ।
पार्टी सभापति बेदराज सिंहले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गदै भित्र्याएका हुन् । विद्यार्थी नेता शाहीलाई सभापति सिंहले आमन्त्रित जिल्ला कार्य समिति सदस्यमा मनोनयन गरेका छन् ।
लोकत्रान्त्रिक पार्टी, इमान्दार र सवैको विश्वासिलो पार्टी नेपाली काँग्रेस भएकोले आफुले काँग्रेस पार्टीमा समाहित भएको शाहीले बताए । विप्लब नेतृत्वको माओवादी दिशाहिन भएको बताउँदै शाहीले नेपाली काँग्रेसमा रहेर सक्रिय राजनिति गर्ने बताएका छन् ।
शसक्त युवा नेताको रुपमा उदाएका शाहीको बर्हिगमणले विप्लब माओवादीलाई ठुलो धक्का लागेको आकलन गरिएको छ । प्रभावशाली युवा नेताको आगमण काँग्रेसका लागि सुखद घटना भएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । शाही लगायतका नवप्रवेशीहरुलाई पार्टीले उपयुक्त भुमिका र जिम्मेवारी दिने पार्टी सभापति सिंहले बताए ।