रुकुम पूर्वमा भेटिएको सकेट बम डिस्पोज

रुकुम पूर्वमा भेटिएको सकेट बम डिस्पोज

तस्वीर सौजन्य : जीवन केसी

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ बुर्केसल्ला जंगलमा भेटिएको सकेट बम डिस्पोज गरिएको छ। कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएको सकेट बम शुक्रबार दिउँसो नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो।

​ड्रमबाहिर दुई वटा र ड्रमभित्र आठवटा गरी करिब १० वटा सकेट बमलाई नेपाली सेनाको नरसिंह दल गण सुरक्षा गुल्म रुकुम पूर्व र नेपाल प्रहरीको टोलीले बम डिस्पोज गरेको सिस्ने गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो।

सेनानी बावुलाल जिसी नेतृत्वको ११ जनाको टोलीले सकेट बम डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए।

वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेको थियो। आज बिहान जिल्लाबाट गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमलाई डिस्पोज गरेका हुन्।

उक्त बम जनयुद्वको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाइँ राखेको हुनसक्ने अनुमान गरिएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार