स्थानीय तहमा पार्टीको अवस्थाबारे प्रतिवेदन बुझाउन कांग्रेस जिल्ला कार्यसमितिलाई सर्कुलर

स्थानीय तहमा पार्टीको अवस्थाबारे प्रतिवेदन बुझाउन कांग्रेस जिल्ला कार्यसमितिलाई सर्कुलर

नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे विवरण संकलन गरेर चैत १५ केन्द्रीय कार्यालयमा पठाउन सर्कुलर गरेको छ।

कांग्रेस महामन्त्रद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला कार्यसमितिलाई सम्बोधन गरेर स्थानीय तहको अवस्थाका बारेमा जानकारी दिन भनेका छन्।

नियमित कार्यक्रमअन्तर्गत स्थानीय तहको अवसथा, समस्या र पार्टीले गरेका विवरण तयार गर्ने र गराउन भनिएको छ। उक्त विवरण प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा चैत्र १५ सम्म पठाउनुपर्ने उल्लेख छ।

स्थानीय तहको अवस्थाका विषयमा विवरण तयार पार्दा कांग्रेसले जितेका स्थानीय तहमा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गर्न निर्देशन गरिएको छ।

जिल्ला कार्यसमितिलाई जिल्लाको राजनीतिक परिस्थितिबारे प्रतिवेदन पठाउनुका साथै पार्टीका क्रियाकलाप, निर्णय र अन्य आवश्यक विषयमा समेत प्रतिवेदन तथा नियमित अभिलेखीकरण गर्न भनिएको छ।

जिल्ला कार्यसमितिमा मनोनित गर्नुपर्ने पदहरुमा अविलम्ब मनोनय गर्न, चैत्र १५ भित्र जिल्ला कार्यसम्पादन समिति गठन गरिसक्न र सदस्यहरुलाई आवश्यक जिम्मेवारी प्रदान गर्न समेत सर्कुलर गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार