पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुममा हेल्थ डेस्क

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुममा हेल्थ डेस्क

खड्क खत्री बाँके
पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी १ कुसुममा गाउपालिकाले राजमार्ग भएर आवतजावत गर्ने यात्रु, चालक र प‌ैदलयात्रुका लागि हेल्थ डेस्क सचालनमा ल्याएको छ।
राजमार्गबाट आवतजावत गर्ने यात्रुहरूको कोरोना र सम्भावित लक्षणहरु चेकजाँच गर्न सर्भिलेन्स तथा परामर्श केन्द्र हेल्थ डेस्क सचालनमा ल्याएको हो ।

बिहीबार राप्तीसोनारी गाउपालिका अध्यक्ष लाहुराम थारुले कुसुम बजारस्थित राजमार्गमा हेल्थ डेस्कको उद्घाटन गर्नुभएको छ । राप्तीसोनारी गाभरबाट दाङ अमिलिया जाद‌ै गरेका गजेन्द्र खत्रीको स्वास्थ्य चेकजाच गर्दै हेल्थ डेस्क सचालनमा आएको हो ।

हेल्थ डेस्कले राजमार्गमा आवतजावत गर्ने यात्रुहरूको कोरोना लक्षण र सम्भावित जोखिमको चेकजाँच गरिने अध्यक्ष थारुले बताउनु भयो । दैनिक दुई सिफ्टमा २ / २ जना स्वास्थ्य कर्मचारी हेल्थ डेस्कमा बस्ने व्यवस्था गरिएको छ ।

हेल्थ डेस्कमा पैदलयात्रुका लागि पानी, सामान्य औषधी र राप्तीसोनारीको सीमासम्म छोड्ने गाडीको व्यवस्था गरिएको छ ।  उद्घाटन कार्यक्रममा कार्यकारी गाउँपालिकाका कार्यकारी अधिकृत दलबहादुर बस्नेत, स्वास्थ्य ईन्चार्ज विष्णु चुडाली, स्वास्थ्यकर्मी देवेन्द्र पौडेल, लेखापाल कृष्ण रोकाय, कुसुम प्रहरी चौकीका सई लक्ष्मण डाङ्गी, सशस्त्र प्रहरी निरीक्षक भुपबहादुर राना, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

हेल्थ डेक्समा चेकजाँचका क्रममा कोरोनाको लक्षण भेटिए क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार