नेविसंघको अध्यक्षमा शेर बहादुर र तरुण दलमा नविन

नेविसंघको अध्यक्षमा शेर बहादुर र तरुण दलमा नविन

नेविसंघ अध्यक्ष शेरबहादुर खड्का र तरुण दल संयोजक नविन खड्का ।

मुसीकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रुकुम पश्चिम त्रिवेणि गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ को मुरुडाँडामा भएको अधिवेशनबाट शेर बहादुर खड्काको अध्यक्षतामा ६१ सदस्य नयाँ कार्यसमिति गठन गरिएको नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका सचिब सन्तोष ओलीले जानकारी दिनुभयो ।

जसको उपाध्यक्षमा युबराज बुढाथोकी, रुपलाल बुढाथोकी, धिराज पुन मगर, सचिवमा नवीन ओली, प्रबत कुमार ओली, सह-सचिवमा मोहन खड्का, केशर खड्का, प्रशा बहादुर ओली, बिन्दु महर र कमानसिँ ओली सर्वसम्मत चयन हुनुभएको हो ।

समितिको कोषाध्यक्ष भने पछि मनोनित गरिने जनाइएको छ ।

यस्तै नविन खड्काको संयोजकत्वमा ६१ सदस्य नेपाल तरुण दल त्रिवेणिकाे तदर्थ समिति बनाइएको छ । खड्का यस अघिपनि नेपाल तरुण दल त्रिबेणिको अध्यक्ष भएर काम गरिसक्नु भएको छ ।

दुबै अधिवेशनको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं महाधिबेशन प्रतिनिधि खड्क डाँगीले उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनमा नेपाली कांग्रेस रुकुम पश्चिमका सह-सचिब प्रेम खड्का, नेताहरु बिरबहादुर खड्का, थलबहादुर खड्का, भिमबहादुर डाँगी, तरुण दलका जिल्ला अध्यक्ष लोकेन्द्र केसी, नेविसंघका जिल्ला अध्यक्ष लालबहादुर ओली लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार