बाँफिकोटका १३ जना माओवादी केन्द्र परित्याग गरी कांग्रेसमा प्रवेश

बाँफिकोटका १३ जना माओवादी केन्द्र परित्याग गरी कांग्रेसमा प्रवेश

मुसीकोट । स्थानीय तहको चुनावको मिति घोषणासँगै नेपाली काँग्रेस रुकुम पश्चिमको बाँफिकोट गाउँ कार्यसमितिले  ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान  सञ्चालन गरिरहेको छ ।

गाउँ कार्यसमितिले टोल टोलमा पुगेर पार्टीको बैठक तथा विभिन्न गतिविधिहरू सञ्चालन गरिहेको छ । जसअन्तरगत शुक्रबार बाँफिकोट गाउँपालिका वडा नम्बर ५ मा जनभेटघाट , पार्टि प्रबेश तथा अन्तरक्रिया कार्यक्रमका सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रको अवसरमा नेकपा माओवादी केन्द्र पार्टि परित्याग गरी १३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन्

नेपाली कांग्रेस बाँफिकोट गाउँसभापति जनक कुमार बाँठामगरका अनुसार नेपाली कांग्रेसमा प्रबेश गर्नेहरुमा वडा नम्बर ५ का माओवादी कार्यकर्ताहरु गन बहादुर पुन, कोइली पुन, कैली घर्ती, बिपना बाठा मगर घर्ती रहेका छन ।

यस्तै उहाँका अनुसार पविता पुन (ए), पविता पुन (बि), प्रकाश पुन, टीका पुन, लालसरी पुन, करुणा घर्ती, हिरा पुन र रति पुनले पनि नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।

नवप्रवेशी १३ जनालाई नेपाली काँग्रेस बाँफिकोट गाउँसभापति जनककुमार बाँठा मगर, प्रदेश प्रतिधि टिका राना, नेपाल महिला संघ बाँफिकोट सभापति नन्दा केसि, बाँफिकोट वडा नम्बर ५ वडा सभापति मनु शाही लगायतको टिमले टिका लगाएर स्वागत गर्नुभएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार