रुकुम पूर्वमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

रुकुम पूर्वमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

रुकुमकोट । रुकुम पूर्वमा ट्याक्टर दुर्घटना  हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ राङ्सीबाट रुकुमकोट तर्फ जाँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर आज दुर्घटना भएको हो ।

दुर्घटना परि एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्म मृतकको परिचय खुलेको छैन् । उपचारको लागि रुकुमकोट अस्पतालमा लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।

यस्तै प्रहरीका अनुसार दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाईत हुनेहरुमा पुथाउत्तरगंगा गाउँपालिकाका ३२ वर्षका विरप्रताप बुढा र अर्का एक जना पहिचान नखुलेका व्यक्ति रहेका छन । घाईतहरुको अहिले रुकुम पूर्व अस्पततालमा उपचार भइरहेको छ ।

ट्याक्टर सडकबाट साढे तीन सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन । चालक भने फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार