रुकुममा बिद्युत सव-स्टेशनको उद्घाटन

रुकुममा बिद्युत सव-स्टेशनको उद्घाटन

मुसीकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ मा निर्माण सम्पन्न भएको बिद्युत सव-स्टेशनको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको सयुक्त लगानीमा निर्माण गरिएको बिद्युत सव-स्टेशन सोमबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल र अर्थमन्त्री जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गर्नूभएको हो ।

३३/११ केभि, ३ एमभिए क्षमता रहेको उक्त सव स्टेशन ४ वर्ष अघि निर्माणको काम सुरु भएको थियो ।

निर्माण कार्य सम्पन्न भएपछि फागुन २ गतेदेखि उक्त सव स्टेशनबाट विद्युत सेवा प्रवाह सुरु भएको नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल जिल्लामा नेपाल बिद्युत प्राधिकरणका १५ हजार उपभोक्ताहरु छन् ।

सव-स्टेशन उद्घाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी , ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य ईन्जिनियर कपिल आचार्य, विश्व बैंकका कन्ट्रि डाइरेक्टर फारिस, अमेरिकाका लागि पूर्व नेपाली राजदुत डाक्टर अर्जुन कार्की लगायतको आथित्यता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार