आठबिसकोटमा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

एक जना बेपत्ता, दुई जनाको उपचार हुदै

आठबिसकोटमा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

एक जना बेपत्ता, दुई जनाको उपचार हुदै

मुसीकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ६ मनकाबगरमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना बेपता भएका छन् भने दुई जना घाइते भएका छन् ।

नम्बर नखुलेको अनटेष्ट लेखिएको मिनी ट्रक आइतबार राती सडकबाट अन्दाजी १ सय मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर आठबिसकोट नगरपालिका वडा नम्वर  ६ का २२ वर्षीय ट्रक सहचालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख एवं प्रहरी नायब उपरिक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका वडा नम्वर ८ का २३ वर्षीय अनिल बिक बेपत्ता भएका छन् । बेपत्ता भएका बिकको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको गोतामकोटबाट डोल्पाको खदाङतर्फ खुद्रा सामान लिएर जाँदै गरेको वानटेस्ट मिनी ट्रक अनियन्त्रित भई भेरि नदिमा खसेको हो ।

प्रहरीका अनुसार मिनी ट्रकमा चारजना सवार रहेको पाईएको छ । अन्य दुईजना घाईते रहेका छन् । सुर्खेतको बराहाताल गाउँपालिका वडा नम्वर ३ का ट्रक चालक जितबहादुर बिष्ट र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ८ का मोहन ओली घाईते हुनुभएको हो ।

घाईते दुबै जनालाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार