बाँफिकोटमा काँग्रेसको प्रशिक्षण कार्यक्रम

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत

बाँफिकोटमा काँग्रेसको प्रशिक्षण कार्यक्रम

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत

बाँफिकोटमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण मन्तव्य राख्दै जिल्ला सभापति प्रेम प्रकाश ओली ।

मुसीकोट । नेपाली काँग्रेस रुकुम पश्चिमले जिल्लाका छ वटै स्थानीय तहमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको छ । आउदो बैशाख ३० गते हुने स्थानिय तहको चुनावलाई लक्षित गरि यही फागुन २९ गतेदेखि एक महिने ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तगर्तको कार्यक्रम सोमबार बाँफिकोटमा सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस रुकुमले राष्ट्रिय अभियानको मुसिकोट नगरपालिकाबाट सुरुवात गरेको कांग्रेसले सोमबार बाँफिकोटमा कार्यक्रम गरेको हो । यही चैत २९ गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न ८ उद्देश्य रहेको कांग्रेस रुकुमका पार्टी सभापति प्रेम प्रकाश ओलीले आजको कार्यक्रम जानकारी दिनुभएको छ।

अभियान अन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य रहेको पार्टी सभापति ओली जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको छ ।

यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उहाँले बताउनुभयो ।

कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावनाविपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने कांग्रेसको अभियान रहेको उहाँको भनाइ रहेको छ ।

प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मकरूपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ८० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोभिड महामारीसँग अझै सतर्कताका लागि अपिल अभियान सञ्चालन गरिरहेको सभापति ओलीले जानकारी दिनुभयो ।

यस्तै राष्ट्रिय सहमति निर्माण गरी हालसम्मको सबैभन्दा ठूलो अनुदान सहयोग परियोजना एमसिसी कांग्रेसको नेतृत्वमा वर्तमान सरकारले संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागतरूपमा चिर्दै वास्तविकरूपमा राख्ने अभियानको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उद्योग राज्य मन्त्री तथा नेपाली कांग्रेस नेता गोपाल जि जङ्ग शाहले नेता कार्यकर्ताले राखेका कुराको सम्बोधन गर्दै रुकुममा माओवादीको ज्याजति र स्थानीय तहमा गरेको जनभावना विपरीत गरेका काम समक्ष गरेर आफ्ना पार्टी उम्मेदवारलाई विजय हुने भन्दै त्यस्ता कामको जनतालाई स्पष्ट पार्ने अनुरोध गर्नु भएको थियो ।

यस्तै कार्यक्रम विशेष अतिथि तथा नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले आउँदो चुनावमा कुनै पनि हालतमा नेपाली कांग्रेसलाई जिताउनुपर्ने सबै एकभएर अगाडी बढनुपर्ने बताउनुभयो ।

चुनावमा पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्नेमा महामन्त्री रोकायको जोड थियो । अहिले भईरहेको भ्रम चिरेर कांग्रेसलाई विजय बनाउन सबैको जिम्मेवारी महत्त्वपूर्ण हुने भन्दै कसैको डर त्रासका पछि नलागेर पार्टीका लागि काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओली अध्यक्ष रहेको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस रुकुम पश्चिमका सचिव प्रमेश्वर भण्डारीले गर्नुभएको थियोे भने स्वागत मन्तव्य नेपाली कांग्रेसका बाँफिकोटका सभापति जनक कुमार बाँठाले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार