आइतबार मतदाताको अन्तिम नामावली सार्वजनिक हुने

आइतबार मतदाताको अन्तिम नामावली सार्वजनिक हुने

निर्वाचन आयोगले मतदाता नामावली आउँदो आइतबार सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोही अनुसार तयारी भइरहेको छ ।

“मतदाताको अन्तिम नामावली चैत १३ गते टुंगिन्छ,” उनले भने ।

यसैबीच आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । शुक्रबारको बैठकले शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिए ।

“यसअघि अनौपचारिक छलफल भइरहेको थियो । आज मतपत्र जनक शिक्षा सामग्रीबाट छाप्ने निर्णय गरेको छ । आवश्यक मेशिन, स्रोत साधान दुरुस्त राख्न निर्देशन दिने भन्ने भएको छ,”उनले बाह्रखरीसँग भने ।

उनकाअनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार