मुसिकोट १ मा नेपाली काँग्रेसका चार भातृ संगठनको नयाँ कार्यसमिति चयन

मुसिकोट १ मा नेपाली काँग्रेसका चार भातृ संगठनको नयाँ कार्यसमिति चयन

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका १ मा चार ओटा भातृ संगठनको नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार नेपाल तरुण दल, महिला संघ, मगर संघ र दलित संघको नयाँ नेतृत्व बनाईएको हो ।

नेपाली काँग्रेसका कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकायाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा २७ सदस्यीय तरुण दल बनाईएको नेपाली काँग्रेस मुसिकोट नगर समितिका सचिव सुर्यप्रकाश शर्माले बताउनुभयो । तरुण दल वडा नम्बर १ को सभापतिमा बिक्रम केसी चयन हुनुभएको छ ।

त्यसैगरी हिरा खत्री सभापति रहेको ५१ सदस्यीय नेपाल महिला संघ गठन गरिएको नगर सचिव शर्माले जानकारी दिनुभयो । मगर संघको सभापतिमा लखम पुन र दलित संघको सभापतिमा पुष्पा परियार चयन हुनुभएको छ । मगर संघ ३० सदस्यीय र दलित संघ २१ सदस्यीय बनाईएको छ ।

नेपाली काँग्रेसका वडा सभापति बिष्णु चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र ‘क’ का सभापति महेन्द्र केसी, महाधिवेशन प्रतिनिधि निर्मला गिरी र बालकुमारी गिरी,  जिल्ला सदस्य अम्बु खड्का, नगर सभापति प्रेमबहादुर ओली, नगर सचिव सुर्यप्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार