सात दलले मागे चुनाव चिन्ह

सात दलले मागे चुनाव चिन्ह

मुसीकोट ।  रुकुम पश्चिममा स्थानीय तहको निर्वाचनको लागि सात दलले चुवाव चिन्ह माग गरेका छन् ।

निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका साना दलहरुले पनि स्थानीय तहको निर्वाचनका लागी चुनाव चिन्ह माग गर्न पाउँने सम्बन्धि सुचना निकालेसगैँ  जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले पनि चुनाव चिन्ह मागका लागी आवेदन दिन अनुरोध गरेको थियो ।

जसअनुसार नै जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिममा स्थानीय तहको चुनाव चिन्हका लागी सात वटा दलले आवदेन दिएकाे जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कुमारी रिमा मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय मान्यता प्राप्त गरेका दल बाहेकका नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पाटी, मंगोल नेशनल अर्गानाईजेशन, उन्नत लोकतान्त्रिक पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आवेदन दिएका हुन ।

चैत्र २ गतेदेखि ६ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा दलको चुनाव चिन्ह र जिल्ला गत संरचना विवरण मागको लागि आवेदन दिने मिती तोकीएको थियो ।                                                                                        उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको निर्वाचन अधिकृत मल्लले बताउनुभयो।

जिल्लामा स्थानीय तह निर्वाचनको लागि १४० ओटा मतदान  केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी जिल्लामा एक लाख ४ हजार ८५३ जना मतदाता रहेको प्रारम्भिक तथ्यांक छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार