तकमा नेकपा माओवादी केन्द्रको प्रशिक्षण

तकमा नेकपा माओवादी केन्द्रको प्रशिक्षण

रुकुमकोट । नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्र पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्वमा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम भैरहेको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० तकमा माओवादि केन्द्रको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय संसद कमला रोकाको प्रमुख अतिथिमा राजनैतिक तथा बैचारिक प्रशिक्षण भएको हो ।

जसको विशेष अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पूर्व जिल्ला इन्चार्ज तथा लुम्बिनी प्रदेश संसद टेजबहादुर ओली , नेकपा माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्य मेघ बहादुर क्षेष्ठ, नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कार्यलय सदस्य रामसुर बुढा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय संयोजक होम प्रकाश क्षेष्ठ, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय सचिव पुनीराज घर्ती, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पुथा उत्तरगंगा गाउँ कमिटी इन्चार्ज जिताराम कामी लगायत नेताहरुको उपस्थित रहेको थियो ।

राजनैतिक तथा बैचारिक प्रशिक्षणमा गाउँपालिका पार्टी इन्चार्ज जिताराम कामीले गाउँपालिका भित्र भएका तयारी, विपक्षीका गतिविधि लगायतका रिपोर्टिङ गर्नु भएको थियो । नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम भएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य कमला रोका , नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य टेज बहादुर ओली र प्रदेश कमिटी कार्यलय सदस्य रामसुर घर्तीले मन्तव्य राख्नु भएको थियो ।

नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिका कमिटी बरिस्ठ उपाध्यक्ष जनक छन्त्यालको स्वागत मन्तव्य रहेको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको सन्चालन नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिका कमिटी सचिव भिम मल्लले गर्नु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार