![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2018/10/Sangam-Sweets.jpg?resize=640%2C370&ssl=1)
काठमाडौं- बानेश्वरस्थित संगम स्विट्समा शिलबन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र केही उपभोक्ताकर्मीको अनुगमन टोलीले आज उक्त मिठाई पसलमा शिल गरेको हो।
सन् २०११ मा म्याद सकिएको ‘कोकोनट पाउडर’ प्रयोग गरी बर्फी लगायत मिठाई बनाएको, ‘हाइड्रो १’ केमिकल प्रयोग गरी दूध तथा रसबरी सेतो बनाउन प्रयोग गर्ने गरेको पाइएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।
‘हाइड्रो १ त प्रयोग गर्न नै पाइँदैन,’ उनले भने, ‘अनुगमन क्रममा अन्य मिठाईमा समेत न्यून गुणस्तरको तेल प्रयोग गर्ने गरिएको पाइएको छ,’ उनले भने। मिठाई बनाउने कारखाना र बिक्री स्थल दुवैमा अर्को सूचना नभएसम्मका लागि शिल गरिएको हो।
अनुगमनको नेतृत्व वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले गरेका थिए।