रुकुम पश्चिममा उम्मेदवार छनौट गर्न काँग्रेस नेता गाउँमा

रुकुम पश्चिममा उम्मेदवार छनौट गर्न काँग्रेस नेता गाउँमा

फाईल तस्बीर ।

मुसिकोट । निर्वाचन लक्षित कार्यक्रमका लागि नेपाली  काँग्रेस रुकुम पश्चिमले जिल्लाका सबै स्थानीय तहमा नेताहरु खटाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काँग्रेस रुकुम पश्चिमले उम्मेदवार छनौटको लागि नेताहरुलाई पालिकामा खटाएको हो ।

स्थानीय स्तरका सत्तारूढ दलबाट भ्रम सिर्जना गर्ने कार्यहरू भइरहेका कारण त्यसको वास्तविक जानकारी जनतालाई गराउन समेत नेताहरुलाई जिम्मेवारी तोकेको छ । यसका साथै उम्मेदवार छनौटमा सहजिकरण गर्ने उद्देश्यले नेताहरुलाई स्थानीय तहमा पठाउने निर्णय गरेको नेपाली  काँग्रेस रुकुम पश्चिमले जनाएको छ ।

नेपाली कांग्रेसका अनुसार मुसिकोट नगरपालिकामा पार्टीका जिल्लाका कोषाध्यक्ष मोहविर खड्का, आठबीसकोट नगरपालिकामा जिल्ला सचिव तारकबहादुर शाही र चौरजहारी नगरपालिकामा महाधिवेशन प्रतिनिधि खडकबहादुर डाँगीलाई खटाइएको छ ।

यस्तै त्रिवेणी गाउँपालिकामा महाधिवेशन प्रतिनिधि गोर्खबहादुर खत्री, बाँफिकोट गाउँपालिकामा जिल्ला उप सभापति हर्कसिङ खत्री र सानीभेरी गाउँपालिकामा महासमिति सदस्य तिलक भण्डारीलाई जिम्मेवारी दिएर खटाइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार