अध्यक्षद्वारा सरकारी गाडी फिर्ता

अध्यक्षद्वारा सरकारी गाडी फिर्ता

दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आउनुभएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ ।

आउँदो वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेसँगै अध्यक्ष वलीले आफूले प्रयोग गर्दै आउनुभएको रा १ झ ६१६ नम्वरको जीप आज आइतवार कार्यालयलाई बुझाउनुभएको हो ।

आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गर्नुभएको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिनुभयो । वली नेकपा माओवादी कैन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार