वैशाख ४ गतेभित्र नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन गठबन्धनको निर्देशन

वैशाख ४ गतेभित्र नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन गठबन्धनको निर्देशन

सत्ता गठबन्धनले वैशाख ४ गतेभित्र स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बेलुकी बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयअनुरुप भागबन्डाको खाका समयसीमा तोकेर पठाउन निर्देशन दिने निर्णय भएको हो ।

बैठकले त्यसका लागि मापदण्डसमेत निर्धारण गरेको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

मापदण्डअनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा जुन पार्टीका उम्मेदवार जितेको छ सोही कायम गर्ने र नेकपा ९एमाले० ले जितेको ठाउँमा मतभारलाई समेत ध्यान दिएर प्रतिवेदन पठाउन भनिएको छ ।

आगामी वैशाख ३० गते एकै चरणमा ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर प्रतिस्पर्धा गर्दैछन् ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार