एलएलबी प्रवेश परीक्षाको लागि फारम खुल्यो

एलएलबी प्रवेश परीक्षाको लागि फारम खुल्यो

त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ।

शैक्षिक सत्र ०७७/०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना गर्न लिइने परीक्षाको फारम खुलेको हो।

 

वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म आवेदन फारम लिन सकिनेछ। एलएलबी पठनपाठन हुने क्याम्पसमा फारम बुझाउन सकिने सूचनामा उल्लेख छ।

फारम र परीक्षाका लागि एक हजार दुई सय लाग्नेछ।  त्रिविबाट स्नातक तह उत्तीर्ण गरेकाले फारम भर्न सक्नेछन्।

प्रवेश परीक्षा भने आगामी जेठ २१ गते शनिबार हुनेछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार