आर्थिक सहयोग संकलन गरेर बाँफिकोटमा गोरेटो बाटो निर्माण हुँदै

आर्थिक सहयोग संकलन गरेर बाँफिकोटमा गोरेटो बाटो निर्माण हुँदै

मुसीकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ फेरादेखि वडा न २ बसेनीगैरा सिमाना सम्म गोरेटो बाटो  निर्माणको काम भइरहेको छ । फेरादेखि बसेनीगैरा , भलाचौर र पिपल सम्म र पिपल देखि स्यार्पु दह सम्म पैदल हिडन सहज होस भन्ने उदेश्यले उक्त बाटो निर्माण गरिएको हो ।

स्थानीयका अनुसार वडा नम्बर ३ फेरादेखि वडा नम्बर २ बसेनीगैराको सिमाना सम्म बाटोको लम्बाई करिब पाँच किलोमीटर रहेको छ ।

उक्त गोरेटो बाटो निर्माण गर्न नेपाली काग्रेस बाँँफिकोट गाउँपालिका सभापति जनक कुमार बाँठाले २५ हजार , गन बहादुर बोहराले १५ हजार १ सय , बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का वडा सभापति सूर्यप्रकाश मल्लले ८ हजार ५ सय , नेपाली कांग्रेसका जिल्ला उप-सभापति हर्कसिं खत्री ५ हजार रुपैया बाटो निर्माणको लागि आर्थिक सहयोग गर्नुभएको हो ।

यस्तै वडा नम्बर ३ का पूर्व वडा सभापति पूर्ण बहादुर केसीले १ हजार , समाज सेवि खुशल ओलि १ हजार ,र नेपाल तरुण दल टोल सदस्य प्रजित ओलिले १ हजार सहयोग गर्नुभएको नेपाली काग्रेस बाँफिकोट गाउँपालिका सदस्य लोकेन्द्र शर्मा ओलिले जानकारी दिनुभयो ।

उक्त बाटो निर्माणको लागि स्थानीयहरुले पनि श्रमदान गरेका छन । बाटो निर्माणका लागि सहयोगी मनहरु लाई स्थानीयले धन्यवाद दिनुका साथै उक्त बाटो पूर्ण निर्माण नभएको र अझ व्यबस्थापन गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको सदस्य ओलिले बताउनुभयो ।

सो बाटो हिँड्न धेरै कठिन थियो अहिले केहि हिँड्न लायक भएको छ र स्थानीयलाई आवतजावत गर्न र घाँस दाउरा ल्याउन सहज हुने बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार