रुकुम पूर्वमा वन डढेलो नियन्त्रण सम्बन्धि गाउँ जागरण अभियान

रुकुम पूर्वमा वन डढेलो नियन्त्रण सम्बन्धि गाउँ जागरण अभियान

रुकुमकोट । रुकुम पूर्वमा वन डढेलो नियन्त्रण सम्बन्धि गाउँ जागरण अभियान सुरु गरिएको छ । डिभिजन वन कार्यालय रुकुम (पूर्व) ले वन डढेलो नियन्त्रण सम्बन्धि गाउँ जागरण अभियान सुरु गरेको हो ।

शनिबारबाट सुरु भएको यो अभियान एक हप्ताभरी जिल्लाको विभिन्न ठाउँमा सञ्चालन गरिने डिभिजन वन कार्यालय रुकुम पूर्वका रेन्जर विश्व केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले एक हप्तासम्म डढेलो रोकथामको लागि, डढेलो  लागिहाले पनि अपनाउनुपर्ने सावधानिको बारेमा माइकीङ गरेर प्रचारप्रसार गर्ने र पर्चा पम्पलेटहरु विभिन्न सार्वजनिक ठाउँमा टासिने र सर्वसाधारणलाई वितरण गरिने छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार