सल्यानमा गठबन्धन नहुने

सल्यानमा गठबन्धन नहुने

सल्यानमा सत्तारूढ गठबन्धनका दल एक्लाएक्लै चुनाव लड्ने भएका छन्। सत्तारूढ गठबन्धन भित्रका दलहरूको सोमबारको बैठकले वैशाख ३० गते हुने चुनावमा गठबन्धन नगर्ने निर्णय गरेको हो।

शनिबारदेखि जारी बैठकमा दलका बीचमा भागबन्डा सहमति नजुटेपछि एक्लाएक्लै चुनाव लड्ने निर्णय भएको कांग्रेस जिल्ला उपसभापति तथा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो ।

‘गठबन्धन दलका बीचमा सहमति कायम हुन सकेन,’ केसीले भन्नुभयो, ‘त्यसैले पालिका तथा वडा बाँडफाँटसम्बन्धी जिल्लास्तरीय संयन्त्रले निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो।’

स्रोतका अनुसार जिल्लाका दश स्थानीय तहमध्ये माओवादी केन्द्रले ६ तहमा दाबी प्रस्तुत गरेको थियो। नेकपा एकीकृत समाजवादीले जिल्लाका दुई स्थानीय तहमा आफ्नो दाबी प्रस्तुत गरेको थियो।

कांग्रेसको भागमा दुई पालिकामात्रै पर्ने भएपछि कुरा नमिलेको स्रोतले बतायो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार