त्रिवेणीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसबाट अमरसिं र सृष्टिको नाम सिफारिस

स्थानीय तह निर्वाचन-२०७९

त्रिवेणीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसबाट अमरसिं र सृष्टिको नाम सिफारिस

स्थानीय तह निर्वाचन-२०७९

मुसीकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि नेपाली काँग्रेसले सर्वसम्मत उम्मेदवार टुंगाएको छ ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस त्रिवेणी गाउँ कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्षमा अमरसिं खड्का र उपाध्यक्षमा सृष्टि बाँठामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अध्यक्ष र उपाध्यक्षको नाम सर्वसम्मत गरिएको नेपाली काँग्रेस त्रिवेणी गाउँपालिकाका सचिव सन्तोष ओलीले जानकारी दिनुभयो ।

अध्यक्ष पदका लागि सिफारिस हुुनुभएका खड्का हिमालय जन्ता माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका वडा नम्बर ९ नुवाकोटडाँडाको प्रधानाध्यापक हुनुहुन्छ । उहाँ लामो समयदेखि शिक्षण गर्दै आउनु भएको छ ।

सचिव ओलीका अनुसार वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुको छनौट लागि छलफल भैरहेको र दुई दिन भित्र टुंगाएर जिल्लामा सिफारिस गरिने छ ।

रुकुम पश्चिममा सता गठबन्धनले भागबन्डाको टुङ्गो नलगाउँदै नेपाली कांग्रेसले दुई वटा पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ ।

नेपाली काँग्रेस बाँफिकोट गाउँ कार्यसमितिले अध्यक्ष पदमा जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्द केसीलाई सिफारिस गरिसकेको छ ।

यस्तै सानीभेरी गाउँपालिकामा गोरख बहादुर चन्दलाई अध्यक्ष पदका लागि सर्वसम्मत रुपमा सिफारिस गरिसकेको जनाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार