माओवादी केन्द्र रुकुम पश्चिमले सबै पालिकाका उम्मेदवारहरूको टुंगो लगायो

माओवादी केन्द्र रुकुम पश्चिमले सबै पालिकाका उम्मेदवारहरूको टुंगो लगायो

मुसीकोट । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरू टुङ्गो लगाएको छ ।

सोमबार बसेको माओवादी केन्द्र रुकुम पश्चिमको बैठकले जिल्लामा सता गठबन्धनले भागबन्डाको टुङ्गो नलगाउँदै नेकपा माओवादी केन्द्रले जिल्लाका सबै पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवारको टुंगो लगाई प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्र रुकुम पश्चिम प्रचार विभाग प्रमुख ध्रुवबिक्रम बुढाथोकीका अनुसार चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी, उपप्रमुख–इश्वरी कुमारी शर्मा विएमलाई उम्मेदवार चयन गरेको छ भने आठबिसकोट नगरपालिकाको प्रमुखमा रवि केसी, उपप्रमुख–धन कुमारी शाहीलाई  सिफारिस गरिएको छ ।

मुसिकोट नगरपालिकाको प्रमुखमा वसन्त कुमार शर्मा, उपप्रमुखमा मिलन खड्कालाई सिफारिस गरिएको प्रचार विभाग प्रमुख बुढाथोकीले जानकारी दिनुभयो

यस्तै जिल्लाको सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्ख बहादुर विष्ट, उपाध्यक्षमा कमला रोका पुनलाई सिफारिस गरिएको छ ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेश कुमार केसी, उपाध्यक्षमा राजकुमारी रेउले र बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी, उपाध्यक्षमा तारा बुढा केसीलाई उम्मेदवार चयन गरिएको छ ।

बैठकले जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिला उम्मेद्वार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्र सता गठबन्धनको निर्णय कार्यान्वयन गर्नको लागि आवश्यक परेमा जोकोहीको पनि उम्मेद्वारी फिर्ता हुनसक्नेछ जनाईएको छ ।

यस्तै माओवादी केन्द्र रुकुम पश्चिमले स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधीहरुलाई नदोहो¥याउने भएको छ ।

पहिलो स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधीमा चयन भएका नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई नदोहो¥याउने निर्णय गरेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार