कांग्रेसबाट मुसिकोट ५ को वडा अध्यक्षमा समीर जङ मल्ल सर्वसम्मत

कांग्रेसबाट मुसिकोट ५ को वडा अध्यक्षमा समीर जङ मल्ल सर्वसम्मत

समीर जङ मल्ल

मुसीकोट । बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षका लागि नेपाली काँग्रेसको तर्फबाट समीर जङ मल्ललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

सोमबार नेपाली काँग्रेस मुसिकोट नगरपालिका वडा नम्बर ५ को कार्यसमितिको बैठकले मल्ललाई वडा अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको वडा सभापनि सन्तोष मल्ले जानकारी दिनुभयो ।

यस अघि नेपाली काँग्रेस मुसिकोट नगरपालिकाले नगरका १४ वडा मध्येमा २ नम्बर वडामा दिनेश खड्कालाई वडा अध्यक्षका लागि सिफारिस गरेको छ ।

काँग्रेस मुसीकोट नगर समिति सचिव सुर्य प्रकाश शर्माका नगर प्रमुख, उपप्रमुख, बाँकी वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुको छनौट लागि छलफल भैरहेकोले आजै टुंगाएर जिल्ला कार्यसमितिमा सिफारिस गरिने छ ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार