चौरजहारीमा माओवादीबाट निर्वाचित वडा सदस्य एमाले प्रवेश

चौरजहारीमा माओवादीबाट निर्वाचित वडा सदस्य एमाले प्रवेश

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित एक जना वडा सदस्य एमालेमा प्रवेश गरेका छन ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा चौरजहारी नगरपालिका वडा नं ३ मा माओवादी केन्द्रबाट उम्मेदवार भई निर्वाचित वडा सदस्य टिकाराम बस्नेत सहित ५० जना नेकपा एमालेमा प्रबेश गरेको एमाले नेतृ कौशिला केसीले जानकारी दिनुभयो ।

नेकपा माओबादी केन्द्रको वडा नम्बर ३ को वडा सचिव समेत रहनु भएका बस्नेत लगायत नवप्रवेशीहरुलाई एमाले केन्द्रिय सदस्य एवं संघिय सांसद तिर्था गौतम लगायतका नेताहरुले एक कार्यक्रम बीच पार्टी प्रवेश तथा स्वागत गर्नु भएको थियो ।

यस्तै नवप्रबेशि बस्नेतले एक विज्ञप्ति जारी गर्दै वडा सदस्य बस्नेतले माओवादीमा चरम अवसरवाद हावी भएको, भ्रष्टाचार र उदण्डता मौलाएको र नातावाद कृपावादका कारण श्रमजीवी आन्दोलन कमजोर हुदै गएको कारण आफुले माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेको बताउनु भएको छ ।

बस्नेतले जारी गरेको प्रेस विज्ञप्ति :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार