बैशाख ५ काठमाडौ
बहराइनमा आज थप २७ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले आज शुक्रबार एक विज्ञप्ति जारी गरि थप २७ जना नेपालीलाई कोरोना संक्रमण देखिएको जनाएको छ।
अब यो सँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । यसअघि बहराइनमा २२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2020/04/unnamed_ODUgoLAI4K.jpg?resize=640%2C903&ssl=1)